
विराटनगर, २४ पुस । सुपारी निकासी पुनः सुरु हुने संकेत देखिएको छ । गत साउन ५ गते मोरङ प्रहरीले निकासी भइरहेको ८ ट्रक सुपारी भारतमा नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएपछि विराटनगर नाकाबाट सुपारी निकासी रोकिएको थियो ।
तर हालै विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले सुपारी निकासी पुनः सुरु हुनसक्ने सम्भावना इंगित गरेका छन् । उनका अनुसार सुपारी निकासीको मुद्दा उच्च अदालतमा पुगेकोमा निवेदकको मागबमोजिम उच्च अदालत विराटनगरले मुद्दा फिर्ता गरिसकेको छ भने राजस्व अनुसन्धान कार्यालयले पनि आफ्नो परिसरमा आइपुगेको सुपारी छाडिसकेको छ ।
यसमा अदालत र राजस्व अनुसन्धान नै निर्यातप्रति नकारात्मक नभएको देखिएकाले कागजपत्र मिलेर आएका खण्डमा निकासी खोल्न अप्ठेरो नहुने उनको भनाइ छ ।
मोरङ प्रहरीले लोड गरेका ट्रकसहित सुपारी नियन्त्रणमा लिएर राजस्व अनुसन्धानमा बुझाएपछि निर्यातकर्ता मनकामना ट्रेडर्सका नवीन घिमिरेले जिल्ला प्रहरी कार्यालय मोरङ, भन्सार विभाग, भन्सार कार्यालय विराटनगर र राजस्व अनुसन्धान कार्यालय इटहरीलाई विपक्षी बनाउँदै साउनमा उच्च अदालतमा रिट दायर गरेका थिए ।पछि उनी आफैंले मुद्दा फिर्ता लिएका थिए ।
यसपछि राजस्व अनुसन्धान विभागले सबै कागजपत्र र प्रमाण मिलेको देखिएकाले ८ ट्रक सुपारी छाडिदिनराजस्व अनुसन्धान इटहरी पत्र लेखेबमोजिम असोज १३ मा सुपारी छाडिएको थियो । तर निर्यात भने रोकिएको थियो । सोही रोकिएको निर्यात अब खुल्न सक्ने संकेत आएको हो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




