प्रि ओपन सेसन: कति अंकले बढ्यो नेप्से ?

-



     सफल आवाज    
     पौष २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ पुस । आज मंगलबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा साढे ३ अंकले वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो सोमबार ४७.१५ अंक बढेर २२११.७६ विन्दुमा बन्द भएको नेप्से, आजको यो सेसनमा ३.५८ अंक बढेर २२१५.३४ विन्दुमा पुगेको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि १.०९ अंकको बढोत्तरी भएको छ ।

आज मंगलबारको प्रि-ओपन सेसनमा ३६ वटा स्टकको ३६ लाख ३७ हजार ७८६ रुपैयाँ ४० पैसा बराबरको १० हजार ५३२ कित्ता सेयर खरिदबिक्री भएको छ । यी मध्ये २९ वटा स्टकको मूल्य बढेको छ भने ५ वटा स्टकको मूल्य घटेको छ । बाँकी २ स्टकको मूल्य स्थिर रहेको पाइएको छ ।