धितोपत्र बोर्डले यी ३ ब्रोकर कम्पनीलाई किन गर्यो जरिबाना ?

-



     सफल आवाज    
     पौष २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ पुस । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ३ वटा ब्रोकर कम्पनीलाई जरिबाना गर्ने भएको छ । जरिबाना गराउने निर्णय गरेका ३ कम्पनीमा सनी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र त्रिशूल सेक्युरिटिज रहेको बोर्डले जनाएको छ ।

सनी सेक्युरिटिज कम्पनीले तोकिएको समयमा प्रतिवेदन पेस नगरेकोले धितोपत्र ऐन, २०६३ को दफा ८२ (२) अनुसार १० हजार रुपैयाँ जरिबाना गरिएको बोर्डका प्रवक्ता एवं कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार इम्पेरियल सेक्युरिटिज र त्रिशूल सेक्युरिटिजलाई दुवैलाई ७५-७५ हजार रुपैयाँ जरिबाना तोकिएको छ । यी दुई ब्रोकर कम्पनीले त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेस नगरेकोको प्रवक्ता श्रेष्ठको भनाइ छ । यसैकारण धितोपत्र ऐन, २०६३ को दफा १०१ को ४ अनुसार ७५ हजार जरिबाना गराउने निर्णय गरिएको हो ।