बढ्यो सुनको भाउ, चाँदीमा गिरावट

-



     सफल आवाज    
     पौष २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ पुस । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउमा तलमाथि भएको छ । यसदिन सुनको भाउमा रुपैयाँ २०० ले बढेको छ । चाँदीको भाउमा भने रुपैयाँ ५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन तोलामा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाल सुन तोलाको १ लाख ३ जार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि यसदिन रुपैयाँ २ सयले बढेर तोलाको १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबकार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन सेतो धातु चाँदी तोलामा रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।