
काठमाडौं, २९ पुस । स्थानीय कृषि उपजहरुको बज़ारिकरण अभियानमा समर्पित मुना कृषि लिमिटेडकाे तेश्रो वर्ष पुरा भएकाे छ।
नेपालको दिगो बिकासका लागि नेपालका रैथाने एवम स्थानिय कृषि उपजहरुको पहिचान, प्रवर्धन, बज़ारीकरण एवम संरक्षण् मुख्य उपाय हो र सबै ब्यक्ति, संस्था एवम् सिंगो राष्ट्रले नै यो रणनीति लिएर अगाडी बढ़नु पर्ने कुराको नेतृत्व गर्दै २०७६ पौष २८ मा बिधिवत रुपमा पब्लिक कम्पनिको रुपमा दर्ता भएको मुना कृषि लिमिटेड स्थानीय कृषि उपजहरुको बज़ारिकरण अभियानमा समर्पित रहि बिहिबारबाट तेश्रो वर्ष पुरा गरेको प्रमुख प्रवन्धक सीता पाण्डेले जानकारी दिएकी छन्।

विश्वका बिभिन्न देशहरूलाई कर्मथलो बनाईरहेका ग़ैर आवासिय नेपालीहरुको सुरुवातिबाट एउटा अभियानकाे रूपमा सुरु भएको मुना (munaa–Mutual Undertaking Between NRNs and Agriculture Authorities), बिकासित देशहरुमा प्रमाणित भईसकेका प्रविधि एवम बैज्ञानिक प्रयोगहरुको नेपालमा अवलम्बन गर्दै स्थानी कृषि उपजहरुको उत्पादन, प्रसोधन, बज़ारीकरण (स्वदेश र बिश्वबजारमा) साथै गुणस्तरियताका लाग अनुसन्धान समेतका प्रयासहरु गर्दै मुनाले नेपालको कृषि क्षेत्रमा आफ़नो छुट्टै स्थान बनाउंन सफल भइसकेको छ । बिस करोड़ पुंजीमा दर्ता भएको यो कम्पनिमा हाल सम्म १९४ जना शेयर सदस्यहरु छन ।
मुनाको अर्कों पृथकता कम्पनीको शेयर सदस्यहरुको समीकरण पनि हो । कम्पनिका सम्पुर्ण शेयरसदस्यहरू मध्ये; करिब ४० प्रतिसत नेपाल बाहिर बस्ने नेपालिहरू छन भने बाँकी शेयरधनिहरू नेपालमै रहेर नेपालको कृषि क्षेत्रको रूपान्तरणका लागि प्रयासरत ब्याक्तिहरू रहेका छन्।
नेपालको ६८ जिल्लाका बिभिन्न समुदायबाट २२०० भन्दा बढ़ी कृषि उपजहरुको संकलन, सरसफ़ाई/प्रशोधन एवम बज़ारीकरण सुरु गरेको यस कम्पनीमा बिभिन्न क्षेत्रका बिज्ञहरु देखि बिध्यार्थीहरूसम्म, ९० वर्षपुगेका अनुभवि जेस् नागरिक देखि, तिस वर्ष उमेर मुनिका सदस्यहरु पनि उलेख्य संख्यामा छन । त्यस्तै नेपालको बिभिन्न दुर्गम समुदायमा कृषि कर्म गरिरहेका कृषकरु समेत शेयरधनी रहेका छन्।

नेपाल सरकारका सबै तह, ग़ैर सरकारी संघ-संस्थाहरु, स्थानीय सरोकारवालाहरू, सहकारी, कृषक संजाल एवम् साझा उदेश्य भएका संघ-संस्थाहरु सबैसंग मिलेर मुना एउटा मार्ट मात्र होइन, नेपालि रैथाने तथा स्थानिय कृषि उपजहरुको प्रवर्धन गर्दै नेपालको कृषि क्षेत्रको रूपान्तरणकालागि एक अभियान हो भन्ने मुल रणनीतिसहित मुना कृषि लिमिटेड अगाडी बढिरहेको छ ।
नेपालमै उत्पादित कृषिउपजहरुलाई गुणस्तर रुपमा तयार गरि ब्रांडिङ गर्न सके मूल्य पाउन सकिन्छ र नेपालमै उत्पादित बस्तुहरुलाई मुख्य स्थान दिएर पनि भब्य बजार संचालन गर्न सकिन्छ भन्ने उदाहरण स्वरूप मुनाबज़ार नामक बिक्रीकेन्द्रहरु चार वटा काठमाण्डौ उपत्यकामा(मुनाबज़ार सानेपा, मुनाबज़ार गोल्फुटार, मुनाबज़ार भैसिपाटि र मुनाबज़ार इमाडोल) र एउटा मुनाबज़ार पोखराको सृजनाचोकमा संचालन गरिरहेको छ । https://munaabazar.com/ बाट अनलाइन बिक्री वितरण समेत गर्दै अब नेपाली रैथाने र स्थानीय कृषिउपजहरुलाई अन्तरास्ट्रिय बजारसम्म जोड्ने प्रयास गरिरहेको छ ।
‘हामी किंन्छौ पनि, बेच्छौ पनि !’ भन्ने नारा सहित स्वस्थ र सुरक्षित कृषिउपजहरु (Healthy & Safe Agri- products) सिधै उत्पादकबाट ख़रिद गरि कृषकहरुलाई कृषि उद्धमशीलता तर्फ उन्मुख गर्दै, तेश्रो वर्ष पुरा गरेको मुना कृषि लिमिटेडले अबका दिनमा नेपालमै उत्पादित कृषिउपजहरुलाई गुणस्तरिय उत्पादन, प्रसोधन र बजारमा आवस्यक सुधारहरूसहित ब्यवस्थापन गर्दै कृषि पेशालाई सम्मानित पेशाको रुपमा स्थापित गर्दै युवाशक्तिलाई स्वदेशमै कृषिक्षेत्रको रूपान्तरणकालागि प्रेरित गर्ने रणनीति एवम् संकल्प लिएको प्रवन्धक पाण्डेले बताएकीछन्।









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




