५ महिनामा कति भित्रियो रेमिट्यान्स ?

-



     सफल आवाज    
     पौष २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ पुस । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ४ खर्ब ८० अर्ब ५० करोड बराबरको रेमिट्यान्स भित्रिएको छ ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको शुरुवाती ५ महिनाको विवरणअनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा र्मिट्यान्स आप्रवाह ६.३ प्रतिशतले घटेको थियो ।

५ महिनाको अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई 3 अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई ५ खर्ब ३० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो ।