
काठमाडौं, २९ पुस । नाबालिग बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त हुने एका छन् । हिजो बिहीबार उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटी लिए उनलाई रिहा गर्न आदेश दिएको थियो । बिहीबार धरौटी बुझाउन ढिलो भएकाले प्रक्रिया पुर्याएर आजमात्र रिहा गरिन लागिएको केन्द्रीय कारागार प्रशासनले जनाएको छ ।
आफूमाथि लागेको आरोप झूटो रहेको भन्दै थुनामुक्त गराउन पुनरावेदन गरेका लामिछानेको पेसीमा बिहीबार छलफल गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले उनलाई सशर्त रिहा गर्न आदेश दिएको थियो ।
लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशको पत्र काठमाडौं जिल्ला अदालतमा आइपुगेको र पत्र आइसकेपछि थुनामुक्तको प्रक्रिया अघि बढेको साथै २० लाख धरौटी बुझाएपछि अदालतले थुनामुक्त गर्नका लागि पत्र लेखिदिने लामिछानेका कानुन व्यवसायी सुवास पाठकले जानकारी दिए । उनका अनुसार सामान्य प्रक्रिया पूरा गर्दा लामिछानेलाई थुनामुक्त हुन दिउँसो ४ बज्ने देखिएको छ ।
लामिछानेलाई जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुमति लिएर मात्र उपत्यका छाड्नुपर्ने लगायतको निश्चित आचरणमा बस्नेगरी रिहा गरिन लागिएको हो । गत कात्तिक १६ गते जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिका नरहेको जिकिर गर्दै आएका थिए ।
उनी गत भदौ २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए । लामिछानेले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछाने विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान शुरु गरेको थियो ।
सन्दीपलाई काठमाडौं जिल्ला अदालतले कार्तिक १८ गते पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो । वादी र प्रतिवादीका तर्फबाट भएको कानुन व्यवसायीको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका थिए ।
सम्बन्धित समाचार
लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश
लामिछानेमाथिको मुद्दामा आज पनि थुनछेक बहस हुँदै
सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न २ दिन म्याद थप
सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता गर्ने तयारी
लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दायर






काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न… 



