
काठमाडौं, १४ कात्तिक । नाबालिग बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध आज जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिने भएको छ । उनीविरुद्ध आज मुद्दा दर्ता गर्ने तयारी भएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय स्रोतका अनुसार लामिछानेविरुद्ध बलात्कार अभियोगमा १२ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ । आज सोमबार मुद्दा दर्ता गर्ने र मंगलबारदेखि त्यसमाथि थुनछेक बहस हुने बुझिएको छ ।
आरोपित लामिछानेलाई आत्मसमर्पणका लागि गत असोज २० गते अमेरिकाबाट फर्कँदै गर्दा प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राऊ गरेर हिरासतमा लिएको थियो । उनीविरुद्ध तीन पटकसम्म म्याद थप गरी अनुसन्धान भइसकेको छ ।
लामिछानेले आफूलाई होटलमा लगेर बलात्कार गरेको भन्दै एक किशोरीले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । लामिछानेले भने आफू निर्दोष रहेको अदालतसमक्ष बयान दिँदै आएका छन् । गोपनीयताका लागि नाम परिवर्तन गरेर जुनेली राखिएकी जाहेरीवाला किशोरी हाल माइती नेपालको संरक्षणमा छिन् ।
यो पनि पढ्नुहोस्
सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न २ दिन म्याद थप
सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न ४ दिन म्याद थप
सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखिने
सन्दीप लामिछानेविरुद्धको जाहेरीवाला नाबालिग नभएको दावी
निलम्बित कप्तान लामिछानेलाई सात दिन हिरासतमा राख्न अनुमति
लामिछाने जहाँ भए पनि खोजेर ल्याउँछौं: प्रहरी प्रवक्ता राई






काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१… 



