डा.श्रेष्ठले गल्ति नगरेकाे भन्दै किसान सहकारीद्वारा क्षमा याचना

-



     सफल आवाज    
     पौष ३० गते २०७९ मा प्रकाशित



पोखरा, ३० पुस । आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेका डा.ढाका कुमार श्रेष्ठमाथि लागेको आरोपमाथि साथी किसान सहकारी संस्था लिमिटेडले क्षमा याचना गरेको छ ।

संस्थाले जारि गरेको बिज्ञप्तीका अनुसार श्रेष्ठले सबै कुरा नबिगारेको र निवर्तमान कार्यसमिति र वर्तमान कार्यसमितिमा सल्लाह नभएको कारण यस्तो अवस्था आएको जनाईएको छ ।

२०५९ सालमा पोल्ट्री किसानको हितम काम गर्ने गरी डा.ढाका कुमार श्रेष्ठले अध्यक्षतामा साथी सहकारी संस्था लिमिटेड गठन भएको थियो । संस्था र किसानको हितको लागि डा.श्रेष्ठले लकडाउनको समयदेखि ज्यान जोखिममा राखेर काम गरेको उल्लेख गरिएको छ ।

२०७९ कार्तिक ७ गते साधारण सभा गरी नयाँ कार्य समिति गठन गरी सो समितिलाई सहकारीको चल अचल सम्पति बुझाउनु पर्ने थियो । सो समयमा डा.श्रेष्ठ चुनावी अभियानमा रहेकोले समय अभावको कारण समयमा काम हुन सकेको थिएन ।

यसका बारेमा निवर्तमान समितिका अध्यक्ष डा.ढाका कुमार श्रेष्ठ र नयाँ अध्यक्ष डा शनी पाठकले संस्थाको हरहिसाब बुझि लिएको र आगामी दिनमा नयाँ र पूरानो समिति मिलेर सहकारीका सबै आय व्यय मिलाउँदै जाने सहमति भएको जनाईएको छ । यस्तै केही पिडितले पोखरा महानगर सहकारी डिभिजनका प्रमुख जिल्ला सहकारीका अध्यक्ष सहितको बैठकमा ३ महिनासम्म समस्याको समाधान गर्ने र पिडितलाई राहत हुने गरी काम गर्ने निर्णय भएको थियो ।

मिडियामा समाचार निकालेर वर्तमान अध्यक्ष डा.ढाका कुमार श्रेष्ठको नाम जोडिएर आएकोेले सबै कुरा उनले नबिगारेको र निवर्तमान समिति र वर्तमान कार्यसमितिमा सल्लाह नभएको कारण यस्तो अवस्था आएको जनाईएको छ । डा.श्रेष्ठले सहकारीको चल अचल सम्पति हिनामिना नगरेको बिज्ञप्तीमार्फत जानकारी गराईएको छ ।

यसका बारेमा डा.ढाका कुमार श्रेष्ठको व्यक्तित्वमाथि प्रत्यक्ष असर परेको हुँदा नयाँ कार्य समिति क्षमा चाहन्छौं भनिएको छ । आउने दिनमा हामी सबै मिलेर काम गर्ने जनाउँदै निवर्तमान अध्यक्ष डा.ढाका कुमार श्रेष्ठ, वर्तमान अध्यक्ष डा.शनि पाठक, सचिव ध्रुवराज पौडेल र कोषाध्यक्ष तारापति सुवेदीले संयुक्त रुपमा जारि गरेको बिज्ञप्तिमा जनाईएको छ ।

यसअघि आफुमाथि लागेकाे आराेपमा बारेमा डा‍ श्रेष्ठले पत्रकार सम्मेलन गरेर त्यसकाे खण्डन गरेका थिए । उनकाे धारणा बाहिर आएपछि नयाँ र पूरानाे कार्यसिमितबीच सहमित भइ पछिल्लाे क्षमा याचनासहितकाे बिज्ञप्ती जारि गरिएकाे हाे ।

आफुलाइ लागेकाे आराेपका बारेमा डा‍ श्रेष्ठले सामाजिक सञ्जालमा राखेकाे कुरा पढाै

संस्थाले डा श्रेष्ठले गल्ति नगरेकाे भनेपछि उनकाे स्टाटस