
काठमाडौं, ३ माघ । नेपालमा चालु आर्थिक वर्षको शुरुवाती ५ महिनामा नेपालले १२ वटा नाकाबाट विभिन्न देशमा ६७ अर्ब ३० करोड ४५ लाख बराबरको विभिन्न मालसामान निर्यात गरेको छ । यस्तै शुरुवाती ५ महिना अर्थात् मंसिर मसान्तसम्म विभिन्न देशबाट ६ खर्ब ६४ अर्ब ७४ करोड ६५ लाख रुपैयाँ बराबरका मालसामान आयात भएको छ । यस्तो मालसामान देशका विभिन्न १४ नाका हुँदै भित्रिएको हो ।
हालै राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको शुरुवाती ५ महिनाको स्थूल वित्तीय तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार यो अवधिमा रसुवा र तातोपानी भन्सार नाकाबाट निर्यात मात्र भएको छ र कुनै मालवस्तु आयात भएको छैन ।
तुलनात्मक हिसाबले हेर्दा चालु आर्थिक वर्षको शुरुवाती ५ महिनाको आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०.७ प्रतिशतले घटेको छ । यसैगरी निर्यात पनि यो अवधिमा ३४.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको शुरुवाती ५ महिनामा नेपालमा ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख बराबरको आयात भएको थियो । यसैगरी सोही अवधिमा १ खर्ब २ अर्ब ९२ करोड ६ लाख बराबरको निर्यात भएको थियो ।
चालु आर्थिक वर्षको शुरुवाती ५ महिनामा यस्तो छ आयात/निर्यातको अवस्था









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




