सानिमा मिडिल तमोर हाइड्रोपावरकाे सेयरमा आजदेखि आवेदन दिन सकिने

-



     सफल आवाज    
     माघ ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ माघ । सानिमा मिडिल तमोर हाइड्रोपावरले आजदेखि सेयर (आईपीओ) निष्काशन गरेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता तथा वैदेशिक रोजगारमा गएकाहरुकाे लागि सेयर बिक्रीमा ल्याएकाे हाे।

कम्पनीले ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरकाे ३३ लाख ३२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि जारि गरेकाे हो।

आयोजनाबाट धेरै प्रभावित क्षेत्र रहेकाे फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नं. १, भिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ र मैवाखोला गाउँपालिका वडा नं. १ का स्थानियकाे लागि १३ लाख ३३ हजार कित्ता रहेकाे छ । आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्गका जनताका १९ लाख ९९ हजार ५०० कित्ता रहेकाे छ ।

सर्वसाधारणका लागि जारि गरिएकाे ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण सेयरबाट ४ लाख ९९ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीका लागि रहेकाे छ ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० तथा आढीमा २० हजार कित्ता माग गर्न सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका जनताले माघकाे १८ गतेसम्म आवेदन दिन पाउनेछन् । ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा फागुन ४ गते आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारमा गएका नेपालीकाे हकमा भने माघ १८ गतेसम्म आवेदन दिनेः मिति ताेकिएकाे छ ।

सेयर भर्नका लागि सानिमा मिडिल तमोर हाइड्रोपावरको कार्यालय, सानिमाबैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ।

वैदेशिक रोजगारमा गएका नेपालीले सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।