काठमाडौं, ४ माघ । साताको दोस्रो कारोबार दिन (आइतबार र सोमबार सार्वजनिक बिदा परेकोले) आज बुधबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंकले उकालो लागेको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो मंगलबार नेप्से परिसूचक ३२.७२ अंक बढेर २१८२.११ विन्दुमा बन्द भएको थियो । आजको प्रि-ओपन सेसनमा भने नेप्से परिसूचक ३.६१ अंकले बढेर २१८५.७२ विन्दुमा पुगेको छ । आजको यो सो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.५६ अंकको बढोत्तरी भएको छ ।
आज बुधबारको प्रि-ओपन सेसनमा ३० वटा स्टकको १२ लाख ९६ हजार ११४ रुपैयाँ बराबरको २ हजार ७४४ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये २२ वटा स्टकको मूल्य बढेको छ भने ६ वटा स्टकको मूल्य घटेको छ । बाँकी २ वटा स्टकको मूल्य स्थिर रहेको पाइएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




