
। नेपाल आयल निगमले तत्कालका लागि ईन्धनको मूल्य नघटाउने भएको छ । ईण्डियन आयल कर्पोरेशनबाट गत माघ २ गते मूल्यसूची पठाएको थियो । सूची अनुसार बमोजिम पेट्रोलमा केही बढेर र डिजेल तथा हवाई इन्धनमा केही घटेर आएको थियो । यस हिसाबले आएको मूल्यसूची अनुसार निगमलाई हाल एलपी ग्यासमा प्रति सिलिण्डर ३५९ रुपैयाँ ५० पैसा घाटा रहेको निगमले जनाएको छ ।
निगमले मंगलबार एक विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि निगम संचित नोक्सानीमा सञ्चालन हुँदै आइरहेको बताएको छ । यसबाहेक आईओसीको बक्यौता कम गर्न निगमले नेपाल सरकारसँग ५५ वार्षिक ब्याजदरमा ७ अर्ब ऋण लिएकोमा उक्त ऋणको तिर्नुपर्ने पहिलो किस्ता बापत ७० करोड र पुस मसान्तसम्मको ब्याज १८ करोड गरी जम्मा ८८ करोड भुक्तानी गरेको निगमले जनाएको छ ।

आईओसीलाई हालसम्म भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता तथा नेपाल सरकारलाई तिर्नुपर्ने ऋण समेत गरी अझै पनि झण्डै १७ अर्ब ३० करोड तिर्न बाँकी रहेकोले घाटामै भए पनि ईन्धन आपूर्ति गरिरहेको भन्दै निगमले तत्काललाई मूल्य यथावत् राख्ने जनाएको छ।
‘हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः घटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र ईण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं नेपाल सरकारद्वारा उपलब्ध गराईएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौतिपूर्ण अवस्था रहेकोले हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




