८ करोडको लगानीमा लेकसाईडमा त्रिपुरा लाउञ्ज बार सञ्चालनमा आउँदै

-



     सफल आवाज    
     माघ ४ गते २०७९ मा प्रकाशित



पोखरा, ४ माघ । पोखराको लेकसाईडमा त्रिपुरा लाउञ्ज एण्ड बार सञ्चालनमा आउँदै छ । ८ करोड रुपैयाँको लगानीमा सो लाउञ्ज बार सञ्चालनमा आउन लागेको हो ।

बुधबार आयोजित पत्रकार भेटघाटममा बोल्दै बारका सञ्चालक सुमनकुमार श्रेष्ठले लाउञ्ज बारको बिहीबार सफ्ट ओपनिङ गरिने बताए । अन्य लाउञ्ज बार भन्दा त्रिपुरा ‘रोयल कन्सेप्ट’ मा निर्माण गारिएको पहिलो लाउञ्ज बार भएको उनले दाबी गरे ।

कन्फरेन्स हल, पुल हाउस, किड्स पार्कको समेत सुविधा रहेको बारमा पुग्ने ग्राहकहरुले पारिवारिक वातावरणको आभाष पाउने म्यानेजर विकास गुरुङले बताए । १ रोपनी क्षेत्रफलमा फैलिएको लाउञ्ज बार ४ बर्ष लगाएर निर्माण गरिएको हो ।

उनका अनुसार बारका भित्ताहरूमा इतिहास भल्कने पेन्टिङ गरिने छ । त्यस्तै बारमा पुग्ने ग्राहकहरुलाई लक्षित गरी लाइभ म्युजिकको पनि व्यवस्था रहेको छ । एकै पटकमा ३ सय जनाले सेवा लिन सक्ने बारका म्यानेजर गुरुङको भनाइ छ ।

बारको ‘मेनु’ पनि अन्य रेष्टुरेण्टकै दाँजोमा रहेको सञ्चालक श्रेष्ठले बताए । डेढ दशक भन्दा बढी समय हस्पिटालिटी क्षेत्रमा बिताएका श्रेष्ठले ग्राहकहरुलाई फरक ‘टेस्ट’ दिने प्रयास गरिएको सुनाए ।