काठमाडौं, ५ माघ । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजार सकारात्मक भएको छ । अघिल्लो दिनको करेक्सनलाई मेटाउदै सेयर बजार सकारात्मक लयमा गएको छ । नेप्से बढेर २२ सयकाे काे बिन्दु नजिक पुगेकाे छ । कारोबार भने अघिल्लो लिनको भन्दा कम भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.७१ अंकले बढेर २१७८.८१ विन्दुमा चढेको छ । नेप्सेमा ०.२६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.१५ अंकले बढेर ४१५.०५ विन्दुमा रहेको छ ।
यसदिन कुल २४६ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ८२ लाख ४७ हजार ६४६ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ४४ करोड ५ लाख २९ हजार ३२९ रुपैयाँ ६७ पैसा बराबरको कारोबार भएको छ ।
१३ उपसमूहरुमध्ये ६ वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बैंकिङ, हाइड्रोपावर, लगानी, म्युचुअल फण्ड, नीर्जिवन बीमा र व्यापार उपसमूहतर्फको सेयर बढेको हो ।
विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन, लघुवित्त र अन्यतर्फ रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ ।
यसदिन सबैभन्दा बढी एनआइसी एशिया बैंकको कारोबार भएको छ । बैंकको १८ करोड, ४ लाख ४४ हजार ६५३ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै आदर्श लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशले बढेको छ । सबैभन्दा धेरै कुमारी धनबृद्धि योजनाको सेयरमूल्य घटेको छ । योजनाको सेयरमूल्य ८.८९ प्रतिशतले घटेको हो ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




