कालिञ्चोक दर्शनकाे आइपीओमा आजसम्म आवेदन दिन सकिने

-



     सफल आवाज    
     माघ ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ माघ । कालिञ्चोक दर्शनकाे सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले माघ ३ गतेदेखि सर्वसाधारणका लागि सेयर बिक्रीमा ल्याएकाे थियाे ।

कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेकाे हाे । यसबाट १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि रहकाे छ । ५४ हजार कित्ता भने सामूहिक लगानी कोषहरुमा बाँडफाँड भइसकेकाे छ।

यस्तै २१ हजार ६०० कित्ता कर्मचारीहरुका रहेकाे छ । त्यसबाट बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणका लागि रहेकाे छ । सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० तथा बढीमा ४ हजार ९९० कित्ताका लागि आवेदन दिन पाउनेछन्।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग दिएकाे छ। याे भनेकाे कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत हाे ।

सेयर लगानीकर्ताले सेबाेनबाट अनमुति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरुबाट र मरो सेयर एप्सबाट आवेदन पेस गर्न सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।