
धनकुटा, ८ माघ। डिएस एग्रो इन्डष्ट्रिजले धनकुटा कफी बजारमा ल्याएको छ । धनकुटामा जारी प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं एभोकाडो धनकुटा महोत्सवमा सो इन्डस्ट्रिजले आफ्नो उत्पादन सार्वजनिक गरेको छ । यो उत्पादन जिल्लाकै पहिलो ‘प्याकेजिङ’ प्रशोधित कफी हो ।
विसं २०७२ बाट धनकुटा नगरपालिका–२ गणेशटार भिरगाउँमा कफीखेती सुरु गरेको यस एग्रो इन्डस्ट्रिजले आफ्नो उत्पादनलाई बजारमा ल्याएको हो । रु एक करोड ५० लाखको लागतमा एक सय २० रोपनीमा कफीखेती सुरु गरेको इन्डस्ट्रिजले यो हप्ताबाट क्याकेजिङ कफीको सुरुआत गरिएको सञ्चालक टीकाराम दर्नालले जानकारी दिए।
दुई सय ५० ग्रामको बजार मूल्य रु छ सय ५० पर्ने अरबिका जातको आग्र्यानिक कफी बजारमा ल्याइएको उहाँले जानकारी दिए । महोत्सवमा राखिएको यो कफी सबैले मन पराएर खाएको सञ्चालक दर्नालले सुनाए । लगानी अभावका कारण हाललाई रु दुई लाख ५० हजारको लगानीमा दुई सय केजीबाट परीक्षण उत्पादन सुरु गरिएको अर्का सञ्चालक युवराज दर्नालले जानकारी दिए।
“यो हाम्रो उत्पादन प्रदेश नं १ कै पहिलो अग्र्यानिक कफी हो”, उनले भने । आफ्नो खेतीको पूर्ण उत्पादन प्रशोधन गरेर बजारमा ल्याउन डेढ करोड लगानीको आवश्यकता रहेको भए पनि लगानी अभावका कारण अहिले काठमाडौँमा प्याकेजिङ गरेर कफी बजारमा ल्याउनुपरेको दर्नालले दुःखेसो गरे। हाल १५ टन चेरी (फल कफी) उत्पादन गरेर पाचमेन (बोक्रो उकाएको कफी) तयार पारेर काठमाडौँ पठाउने इन्डस्ट्रिजले अबको दुई वर्षमा २५ टनभन्दा बढी उत्पादन गर्ने युवराजले जानकारी दिए ।
एनआइसी एसिया बैंकको रु १० लाख, माछापुच्छ्रे बैंकको रु पाँच लाख, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकको रु चार–चार लाख र बाँकी निजी लगानीमा कफीखेती गरेको इन्डस्ट्रिजले वार्षिक रु ३० लाख बराबरको चेरी (दाना कफी) बेच्ने गरेको छ ।
हाल लगानी वर्ष चलिरहेकाले वार्षिक रु ४५ लाखभन्दा बढी खर्च भइरहेको बताउदै सञ्चालक युवराजले अबको दुई वर्षपछि भने रु तीन करोड बराबरको चेरी उत्पादन गरेर बिक्री गर्ने जानकारी दिए।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




