
काठमाडौं, ८ माघ । सनराइज बैंकको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद नाफा १२.२८ प्रतिशतले घटेर रुपैयाँ ६५ करोड ३९ लाख रहेकाे छ । गएकाे वर्षमा बैंककाे नाफा रुपैयाँ ७४ करोड ५५ लाख रहेकाे थियाे ।
पुसकाे अन्त्यसम्म बैंकको वितरण योग्य नाफा रुपैयाँ २२ करोड १८ ऋणात्मक देखिएकाे छ । अघिल्लाे वर्ष याे नाफा रुपैयाँ १० करोड ११ लाख रहेकाे थियो ।
बैंकको खुद ब्याज आम्दानी ५९.३ प्रतिशतले बढेकाे छ । सञ्चालन नाफा भने १२.२८ प्रतिशतले घटेको छ । खुद ब्याज आम्दानी ५९.३ प्रतिशतले बढेकाे छ भने सञ्चालन नाफा १२.२८ प्रतिशतले घटेको छ । चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ छ ।
बैंकको जगेडा काेषमा ७ अर्ब १२ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ८१ पैसाले घटेर १२ रुपैयाँ ९३ पैसा कायम भएकाे छ । गत वर्ष प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७४ पैसा थियो ।
सांग्रिला डेभलपमेन्ट बैंक
सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रुपैयाँ २० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंककाे याे नाफा गत वर्षको भन्दा २०.७९ प्रतिशतले कम देखिएकाे छ । गएकाे वर्षमा बैंककाे नाफा रुपैयाँ २६ करोड १८ लाख थियो । सञ्चालन नाफा २०.७९ प्रतिशतले घटेको छ ।
बैंककाे चुक्ता पुँजी रुपैयाँ ३ अर्ब १ करोड रहेको छ । जगेडामा रुपैयाँ १ अर्ब ६ करोड रहेकाे छ । खराब कर्जा बढेर ३.३६ प्रतिशत भएकाे छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६ पैसा रहेको छ । यसकाे नेटवर्थ रुपैयाँ १४४.५१ पैसा रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




