फर्स्ट माइक्रोफाइनान्सकाे नाफामा ३८.५३ प्रतिशतले वृद्धि

-



     सफल आवाज    
     माघ ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ माघ । फर्स्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउदा नाफा कमाउन सफल भएकाे छ ।

यस अवधिमा माइक्रोफाइनान्सले रुपैयाँ १४ करोड ४४ लाख खुद नाफा कमाउन सफल भएकाे हाे । गत वर्षकाेभन्दा यो नाफा ३८.५३ प्रतिशतले धेरै हाे । गएकाे वर्ष साेहि अवधिमा नाफा रुपैयाँ १० करोड ४४ लाख रुपैयाँ रहेकाे थियो ।

पुसकाे अन्तिमसम्म वितरणयोग्य रकम रुपैयाँ ९ करोड ८६ लाख २४ हजार रहेकाे छ । खुद ब्याज आम्दानी २६.४६ प्रतिशतले बढेर रुपैयाँ २३ करोड ५ लाख रुपैयाँ पुगेकाे छ । कमिसनकाे कमाइ ३.८४ प्रतिशतले घटेकाे छ । जाे ३ करोड ३२ लाख रहेकाे छ । 

इम्पेरमेन्ट चार्जमा पनि कमि भएकाे छ । याे रकम ३ करोड ३ लाख रुपैयाँबाट घटेर १ करोड ५८ लाख भएकाे छ । कर्मचारीका लागि १८.९४ प्रतिशतले खर्च बढेको देखिएकाे छ ।

सञ्चालन खर्चमा २३.८९ प्रतिशत घटेको छ । चुक्ता पुँजी १९ प्रतिशतले बढेकाे छ । जाे रुपैयाँ १ अर्व १४ करोड ७७ लाख भएकाे छ । जगेडामा रुपैयाँ करोड ९७ लाख रहेको छ ।

कम्पनीले रुपैयाँ ८ अर्ब ७३ करोड १८ लाख रुपैयाँ सापटी लिएको छ । रुपैयाँ १ खर्ब ९ करोड १७ लाख कर्जा प्रवाह गरेको पाइएकाे छ । कम्पनीकाे नाफासँगै इपिएस पनि बढेकेा छ । याे बढेर २५ रुपैयाँ १८ पैसा कायम भएकाे छ । नेटवर्थ १३३ रुपैयाँ २७ पैसा रहेकाे छ ।