
काठमाडौं, ९ माघ । साताको सुनचाँदीको कारोबार हुने दोस्रो दिन सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ उकालिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनकाे भाउ ३ रुपैयाँले बढेको छ । चाँदीकाे भाउमा पनि ५ रुपैयाले बढेको पाइएको छ ।
छापावाल सुन आज ३ सय रुपैयाँ बढेर तोलाको १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलाको १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि ३ सय रुपैयाँले बढेर तोलाको १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन तोलाको १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




