काठमाडौं, ९ माघ । साताको पहिलो कारोबार दिन आज सोमबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक ६ अंक हाराहारीले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार नेप्से ५.७१ अंक बढेर २१७८.८१ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने परिसूचक ५.९६ अंक बढेर २१८४.७७ विन्दुमा पुगेको हो । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.७० अंकको वृद्धि भएको छ ।आ
आज सोमबारको प्रि-ओपन सेसनमा २९ वटा स्टकको २८ लाख ७२ हजार १०९ रुपैयाँ ८० पैसा बराबरको ७ हजार ६९८ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये १७ वटा स्टकको मूल्य बढेको छ भने ९ वटा स्टकको मूल्य घटेको छ । बाँकी ३ वटा स्टकको मूल्य स्थिर रहेको पाइएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




