मौद्रिक नीति: अर्धवार्षिक समीक्षा हुँदै, राष्ट्र बैंकले माग्यो सुझाव

-



     सफल आवाज    
     माघ ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ माघ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक त्रैमासिक समीक्षाको तयारी सुरु गरेको छ । राष्ट्र बैंकले माघको अन्तिम साता नै मौद्रिक नीतिको दोस्रो त्रैमासको समीक्षा गर्ने योजना बनाएर सोही अनुसार तयारी थालेको बुझिएको छ ।

राष्ट्र बैंकले हालै एक सूचना प्रकाशित गरी मौद्रिक नीतिको समीक्षाको लागि सरोकारवालाहरुलाई सुझाव दिन आग्रह गरेको छ । सूचना अनुसार मौद्रिक नीतिको समीक्षाको लागि सुझाव दिने म्याद आगामी माघ २० गतेसम्म तोकिएको छ । प्राप्त सुझावलाई समेत प्राथामिकतामा राखेर मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा गरिने केन्द्रीय बैंकले जनाएको छ ।