सुनको भाउ ह्वात्तै बढ्यो, चाँदीमा गिरावट

-



     सफल आवाज    
     माघ १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० माघ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । चाँदीको भाउ भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा रुपैयाँ १ हजारले बढेको छ । चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको छ ।

छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा रुपैयाँ १५ ले गिरावट भई तोलाको १ हजार ३ सय ६५ रुपैयाँमा करोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।