काठमाडौं, १० माघ। साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजार सकारात्मक लयमा गएको छ। अन्य दिनको तुलनामा कारोबार सन्तोषजनक मानिएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८.१४ अंकले बढेर २१७३.२४ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.३८ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स २.५३ अंकले बढेर ४१५.५४ विन्दुमा पुगेको छ ।
यसदिन कुल २४८ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ८३ लाख १८७ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ३२ लाख ३० हजार ३९ रुपैयाँ ४४ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नेपा टेलिकमको कारोबार भएको छ । टेलिकमको १२ करोड ९१ लाख ७ हजार ३९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमिूहहरुमध्ये ९ वटामा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ । चार वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ ।
सबैभन्दा धेरै सानिमा जिआईसि इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मैलुङखोला जलविद्युत लिमिटेडको सेयरमूल्य ५.४८ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




