मिथिला लघुवित्तकाे नाफा ३७.२५ प्रतिशतले कम

-



     सफल आवाज    
     माघ ११ गते २०७९ मा प्रकाशित


काठमाडौं, ११ माघ । मिथिला लघुवित्त वित्तीय संस्थाकाे नाफा घटेकाे छ । संस्थाकाे सार्वजिनक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणले यस्ताे देखाएकाे हाे । संस्थाकाे गत आर्थिक वर्षको सोही अवधिकोभन्दा आम्दानी र नाफा घटेको देखिएकाे छ।

लघुवित्तले यस आर्थिक वर्षको पुससम्म रुपैयाँ २ करोड १७ लाख खुद नाफा कमाएको देखिएकाे छ। याे नाफा गएकाे आर्थिक वर्षको तुलनामा ३७.२५ प्रतिशतले कम हो। गएकाे वर्षको सोही समयमा घुवित्तकाे नाफा रुपैयाँ ३ करोड ४६ लाख रहेकाे थियो।

मिथिला लघुवित्तकाे खुद ब्याज आम्दानी, सञ्चालन आम्दानी तथा सञ्चालन नाफामा गिरावट भएपछि खुद नाफा घटेकाे जनाइएकाे छ ।

संस्थाकाे खुद ब्याज आम्दानीमा १२.२५ प्रतिशतकाे गिरावट देखिएकाे छ । सञ्चालन आम्दानीमा ९.७५ प्रतिशत, सञ्चालन मुनाफामा ३८.७३ प्रतिशतले गिरावट भएकाे छ। प्रतिशेयर आम्दानी २५ रुपैयाँ ३२ पैसा घटेर २५ रुपैयाँ ५२ पैसा कायम भएकाे छ । मूल्य आम्दानी रेसियाे ४५.४६ गुणा रहेकाे छ । नेटवर्थ २०६ रुपैयाँ ८१ पैसा रहेको छ।

लघुवित्तको चुक्ता पूँजी २५ प्रतिशत बढेर रुपैयाँ १७ करोड ४ लाख पुगेकाे छ । जगेडामा ८.३० प्रतिशत बढेको छ। सापटी १५.७० प्रतिशत रहेकाे छ भने निक्षेपमा ३४.७३ प्रतिशत र कर्जामा १९.६८ प्रतिशतले बृद्धि भएकाे छ।