प्रि-ओपन सेसनमा साढे २ अंकले बढ्यो नेप्से

-



     सफल आवाज    
     माघ ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ माघ । आज बुधबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा करिब साढे २ अंकको बढोत्तरी देखिएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो मंगलबार नेप्से ८.१५ अंक बढेर २१७३.२५ विन्दुमा बन्द भएको थियो । तर आजको यो सेसनमा भने यो परिसूचक २.४२ अंक बढेर २१७५.६७ विन्दुमा पुगेको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.०७ अंकले वृद्धि भएको छ ।

आज बुधबारको प्रि-ओपन सेसनमा १३ वटा स्टकको ३ लाख ६४ हजार ६२३ रुपैयाँ बराबरको ८८५ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ७ वटा स्टकको मूल्य बढेको छ भने ६ वटा स्टकको मूल्य घटेको छ ।