
काठमाडौं, ११ माघ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सयले घटेर तोलाको १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको रुपैयाँ १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि रुपैयाँ १ सयले घटेर तोलाको रुपैयाँ १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको भाउ यसदिन स्थिर रहेको छ । यसरी स्थिर रहेको चाँदी मंगलबारकै भाउमा कारोबार भईरहेको छ । मंगलबार चाँदी तोलाको १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।