नेप्सेमा १०.३७ अंककाे वृद्धि, साढे ३ अर्बकाे कारोबार

-



     सफल आवाज    
     माघ ११ गते २०७९ मा प्रकाशित


काठमाडौं, ११ माघ । साताको सेयर कारोबार हुने चौथो दिन सेयरका सूचकहरुसंगै कारोबार रकममा पनि बृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक १०.३७ अंकले बढेर २१ ८३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४८ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स भने १.३० अंकले घटेर ४१४.२४ विन्दुमा रहेको छ ।

बुधबार कुल २६१ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ९५ लाख ३२ हजार ८६७ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँ ६४ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार भएको हाे । कम्पनीको १० करोड १४ लाख ८६ हजार ९०६ रपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन १३ उपसमूहरुमध्ये १० वटामा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ । तीवटामा रातेको लागेको उनीहरुको सेयर घटेको छ ।

ग्रिन लाईफ हाईड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हाे । आरबीबी म्युचुअल फण्ड १ को सेयरमूल्य ५.७० अंकले घटेको छ ।