नेपाल इन्भेस्टमेन्ट मेगा बैंककाे नाफामा २८.४४ प्रतिशतले बृद्धि

-



     सफल आवाज    
     माघ १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ माघ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंककाे नाफामा २८.४४ प्रतिशतले बृद्धि भएकाे छ। यस आर्थिक वर्षको दोस्रो त्रैमासम्म आउदा बैंकले २ अर्ब ८ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । यो नाफा गएकाे वर्षकोभन्दा २८.४४ प्रतिशतले बढी हो ।

गएकाे वर्षमा बैंकले १ अर्ब ६२ करोड रुपैयाँ ४३ लाख रुपैयाँ नाफा कमाएकाे थियाे। बैंकले ३ खर्ब ५५ अर्ब २२ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरेकाे छ। यस्तै ३ खर्ब १७ अर्ब ८९ करोड ३० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। बैंककाे खुद व्याज आम्दानी ४ अर्ब १८ करोड ६३ लाख रुपैयाँ रहेकाे छ ।

बैंककाे सञ्चालन मुनाफामा २३.८९ प्रतिशतले बढेकाे छ । याे बढेर २ अर्ब ९८ करोड २४ लाख रुपैयाँ रहेकाे छ । गएकाे वर्ष साेहिमा बैंककाे सञ्चालन मुनाफा २ अर्ब ४० करोड ७४ लाख रुपैयाँ थियो ।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६० करोड ४२ लाख रुपैयाँ ऋणात्मक छ । चुक्तापुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ। जगेडामा २३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । प्रति सेयर आम्दानी १५ रुपैयाँ ६१ पैसा रहेकाे छ । नेटवर्थ १६४ रुपैयाँ ९१ पैसा तथा मूल्य आम्दानी रेसियाे १६.०८ गुणा रहेको छ ।