बढ्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     माघ १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ माघ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ७ सय तथा चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महांघका अनुसार छापावाल सुनमा रुपैयाँ ७ सयले बढेर तोलाको १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाल सुन तोलाको १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ७ सयले बढेर तोलाको १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ बढेर तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।