नेप्से ०.४१ अंकले घट्याे, करिब ३ अर्बको कारोबार

-



     सफल आवाज    
     माघ १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ माघ । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा सामान्य गिरावट देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.४१ अंकले घटेर २१८३.२१ विन्दुमा झरेको छ । नेप्सेमा ०.०२ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स १.१० अंकले घटेर ४१३.१४ विन्दुमा पुगेको छ ।

यसदिन कुल २५४ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ७७ लाख ६४ हजार १५३ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ८६ करोड ८ लाख २ हजार ८३९ रुपैयाँ ३ पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ९ करोड ७० लाख ९५ हजार ७०६ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

१३ उपसमूहहरुमध्ये ६ वटा उपसमूहमा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहहरुमा रातो लागेको छ ।

सबैभन्दा बढी लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी समृद्धि फाइनान्स कम्पनीको सेयरमूल्य ७.६८ प्रतिशतले घटेको छ ।