
काठमाडौं, ११ पुस । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ६ महिनामा नेपालमा ३ अर्बभन्दा बढीको ल्यापटप तथा नोटबुक आयात भएको छ ।
भन्सार विभागले हालै अद्यावधिक गरेको वैदेशिक व्यापारको पुस महिनासम्मको तथ्याङ्क अनुसार नेपालमा विश्वका ३० देश तथा नाम नखुलेको एक स्थानबाट ३ अर्ब ९ करोड ५२ लाख ५ हजार रुपैयाँ बराबरको ४५ हजार ९७८ थान ल्यापटप तथा नोटबुक आयात भएको पाइएको छ । यी डिभाइस आयात बापत सरकारलाई ४० करोड ५१ लाख ९० हजार रुपैयाँ राजस्व आम्दानी भएको छ ।
सबैभन्दा धेरै चीनबाट ४४ हजार २७४ थान आयात
चालु आर्थिक वर्षको पुस मसान्तसम्म चीनबाट सबैभन्दा धेरै अर्थात् ४४ हजार २७४ थान ल्यापटप तथा नोटबुक डिभाइसहरु आयात भएको तथ्याङ्क छ । उक्त परिमाणको ल्यापटप तथा नोटबुकको मूल्य समग्रमा २ अर्ब ९९ करोड ३७ लाख ६९ हजार रुपैयाँ रहेको छ ।
यसपछि मलेसियाबाट २ करोड ६२ लाख ६९ हजार बराबरको ४७८ थान, जापानबाट १ करोड २१ लाख १२ हजार बराबरका २७४ थान तथा भारतबाट ५६ लाख ६४ हजार बराबरका १९६ थान ल्यापटप तथा नोटबुक डिभाइस भित्रिएको छ । यस्तै अमेरिकाबाट १ करोड ९५ लाख ७ हजार बराबरको २४३ थान, सिंगापुरबाट ६८ लाख ५१ हजार बारबरका ११० थान, थाइल्याण्डबाट ३६ लाख २६ हजार बराबरको ७२ थान, संयुक्त अरब ईमिरेट्सबाट ३४ लाख ९५ हजार बराबरको ४९ थान, ताइवानबाट ३९ लाख ८३ हजार बराबरका ५४ थान, दक्षिण कोरियाबाट २७ लाख ३१ हजार बराबरको ४७ तथा बेलायतबाट ११ लाख ३९ हजार बराबरको १६ थान ल्यापटप तथा नोटबुक आयात भएको विवरणमा उल्लेख छ ।
अष्ट्रेलियाबाट ७ लाख ८० हजार बराबरको १७ थान, पोल्याण्ड र इजिप्टबाट समान १०-१० थान तथा भियतनामबाट ३० थान यस्तो डिभाइस आएको छन् जसको मूल्य क्रमश: ९ लाख २६ हजार, ६ लाख ६ हजार तथा ५६ लाख ६० हजार रहेको छ । यसबाहेक हङकङबाट २ लाख ९१ हजारको ५ थान तथा कतारबाट समान १ लाख १४ हजार बराबरको ६ थान डिभाइस आयात भएको छ ।
यसैगरी नामिबाियाबाट ७ लाख ३२ हजार बराबरको ४ थान तथा नर्वे, नेदरल्याण्ड्स र बेल्जियमबाट यो अवधिमा समान २-२ थान डिभाइस आयात भएको छ । यसरी आएका डिभाइसको मूल्य क्रमश: ५१, ८० हजार ९८ हजार रुपैयाँ रहेको छ ।
यसबाहेक कुबेतबाट १ लाख ३ हजारको ३ थान, म्यानमार, जर्मनी, क्यानडा, अस्ट्रिया, लिथुआनिया, रोमानिया, इटली तथा इजरायल तथा बेल्जियमबाट १-१ थान ल्यापटप तथा नोटबुक आयात भएको तथ्याङ्क छ । नाम खुलेका यी देशबाहेक ६१ लाख ७१ हजार बराबरका ६६ थान यस्तो डिभाइस आयात भएको देखिए पनि कुन देशबाट भित्रिएको भन्ने खुलेको छैन ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




