सुनको भाउ बढ्यो, चाँदीको घट्यो

-



     सफल आवाज    
     माघ १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ माघ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको भाउ केही बढेको छ । यसैगरी चाँदीको भाउ केही घटेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनमा २ सय रुपैयाँले बढेको जनाएको छ । चाँदीको भाउ भने शुक्रबारको तुलनामा १५ रुपैयाँ घटेको छ ।

छापावाल सुनमा २ सय रुपैयाँले बढेर तोलाको १ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि २ सय रुपैयाँले नै बढेर तोलाको १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार तेजाबी सुन तोलाको १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ आज १५ रुपैयाले घटेको छ । यसरी १५ रुपैयाँ भाउ घटेर चाँदी तोलाको १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैया्ँमा कारोबार भएको थियो ।