प्रि-ओपन सेसनमा करिब साढे २ अंकले बढ्यो नेप्से

-



     सफल आवाज    
     माघ १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ माघ । साताको पहिलो कारोबार हुने दिन आज आइतबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंकले वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात गएको बिहीबार नेप्से ०.४१ अंक घटेर २१८३.२१ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने उक्त परिसूचक २.२५ अंक बढेर २१८५.४५ विन्दुमा पुगेको छ । यही सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि १.०३ अंक बढोत्तरी देखिएको छ ।

आज आइतबारको प्रि-ओपन सेसनमा ३४ वटा स्टकको २८ लाख ९६ हजार ७८४ रुपैयाँ ६० पैसा बराबरको ५ हजार ३९८ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये १४ वटा स्टकको मूल्य बढेको छ भने १४ वटा स्टकको मूल्य घटेको छ । बाँकी ६ वटा स्टकको मूल्य स्थिर रहेको पाइएको छ ।