नेप्सेमा दोहोरो अंकको गिरावट, ३ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     माघ १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ माघ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा दाेहाेराे अंकको गिरावट भएको छ । दुइ उपसमूह बाहेक सबै ११ वटामा रातो लागेको छ । हरियो लागेका होटल तथा पर्यटन र जीवन बीमा उपसमूह रहेका छन् ।

साताको कारोबार भएको पहिलो दिनमै सेयर बजारमा देखिएको नकारात्मक प्रभावले लगानीकर्ताहरुमा फेरी बजार ओरालोको दिशामा जाने होकि भन्ने आशंका उत्पन्न गराएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.६८ अंकले घटेको छ । यसरी घटेको नेप्से परिसूचक २१६८.५३ विन्दुमा झरेको छ । नेप्सेमा ०.६७ प्रतितशले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३७.७२ अंकले घटेर १८१३.४१ विन्दुमा रहेको छ ।

यसदिन कुल २६७ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ८२ लाख ७६ हजार ७५१ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब १७ करोड ६ लाख ३ हजार ९५६ रुपैयाँ ४७ पैसा बराबरको कारोबार भएको छ ।

आज १३ उपसमूहहरुमध्ये होटल तथा पर्यटन र जीवन बीमा उपसमूहमा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी ११ वटा उपसमूहरुमा रातेको लागेको छ । उनीहरु सबैको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी आइएमइ जनरल इन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ९ करोड ९९ लाख ४ हजार ३९२ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै समृद्धि फाइनान्सले गुमाएको छ । कम्पनीको सेयरमूल्य ६.०९ अंकले घटेको छ ।