
काठमाडौं, १५ माघ । विद्युत नियमन आयोगले अपि पावर कम्पनीलालाई हकप्रद सेयर निष्काशनकाे अनुमति दिएकाे छ । कम्पनीकाे हाल कायम रहेकाे चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नका लागि आयोगले अनुमति दिएकाे हाे ।
कम्पनीकाे सञ्चालक समितिकाे माघ २ गते बसेकाे बैठकले १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेकाे थियाे ।
चुक्ता पूँजी ३ अर्ब ८४ करोड रुपैयाँमा ७.५ प्रतिशत बोनस सेयर थपेर चुक्ता पूँजी रुपैयाँ ४ अर्ब १३ करोड ३२ बत्तीस लाखकाे १ः०.४० को रेसियाेमा रु १०० अंकित दर साे हकप्रद सेयर जारी हुनेछ ।
कम्पनीले विद्युत उत्पादन गरिरहेका जलविद्युत आयोजनाहरुको ऋणमाेचनमा सघाउन हकप्रद सेयर निष्काशन गर्नका लागि विद्युत नियमन आयोगको अनुमति लिएकाे हाे ।
साे हकप्रद सेयर निष्काशनकाे प्रस्ताव कम्पनीको १९औं साधारण सभाले पारित गर्नेछ । सेबाेनले त्यस्लालाई अन्तिम स्वीकृति दिएपछि निष्काशन गरिने भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




