
काठमाडौं, १६ माघ । नेरुडे लघुवित्त वित्तीय संस्था र शिखर इन्स्योरेन्सकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ । यी दुबै कम्पनीले साधारण सभा तथा लाभांश वितरणकाे प्रयाेजनका लागि माघ १७ गते मंगलबार बुकक्लोज गर्ने भएका छन्।
लाभांश पाउन का लागि सेयरधनीहरुले आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरेर कायम भएकाे हुनुपर्नेछ । त्यसरी कायम भएका सेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन पाउनेछन् । साथै उनीहरु नै लाभांश प्राप्तिका लागि याेग्य मानिने भएका छन् ।
नेरुडे लघुवित्तले यही माघकाे २८ गते १६औँ साधारण सभा बाेलाएकाे छ । संस्थाकाे साधारण सभा उद्योग संगठन मोरङ्गको सभाकक्षमा पूर्वान्ह ११ बजे बाेलाएकाे छ।
सभाबाट २२ प्रतिशतका दरले बोनस सेयर तथा कर प्रयोजनका लागि १.१५७९ प्रतिशत नगदसहित २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।
यस्तै अन्य लघुवित्तसँग मर्जरका लागि कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने कार्यका लागि त्यसकाे अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गरिनेछ । सभामा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट १ जना सञ्चालक चयन गरिने भएकाे छ भने लेखापरीक्षककाे नियुक्त पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरुमा छलफल गरी पारित गरिने भएकाे छ ।
शिखर इन्स्योरेन्स
शिखर इन्स्योरेन्सकाे १७औँ र १८औँ सभासाधारण सभा माघ २५ गते बाेलाइएकाे छ । साधारण सभा केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथलीमा पूर्वान्ह बिहान ११ बजे बोलाइएको छ।
सभामा १६ प्रतिशत बोनस सेयर तथा करकाे प्रयोजनका लागि ०.८४२१ प्रतिशत नगदसहित १६.८४२१ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित हुनेछ । अन्य कुनै बीमा कम्पनीसँग मर्जरमा जाने भए त्यसकाे सबै कार्य गर्नका लागि अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित हुनेछ।
यस्तै प्रबन्धपत्र र नियमावली संशोधनकाे कामकाे अख्तियारी दिने, लेखापरीक्षककाे नियुक्ति, पारिश्रमिक ताेक्ने, स्वतन्त्र सञ्चालक गर्ने लगायतका प्रस्तावमाथि छलफल गरी पारित गरिने भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




