आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन खुल्यो

-



     सफल आवाज    
     माघ १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ माघ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आजदेखि सेयर (आईपीओ) निष्काशन गरेकाे छ ।

जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँ बराबरको ३२.६२५ प्रतिशत अर्थात २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको रु १०० रुपैयाँ अंकित मूल्य रहेकाे २ लाख ३ हजार ३८० कित्ता सेयरबाट २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्काशन गरिएकाे हाे ।

सेयरमा लगानी गर्न चाहने वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताले फागुन १ गतेसम्म आवेदन दिन पाउनेछन्। यसमा घटीमा १० कित्ता तथा बडीमा १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। याे भनेकाे कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत हाे ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र शाखाहरुबाट आवेदन दिन पाउने भएका छन् । यस्तै मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।