प्रि-ओपन सेसनमा कस्तो रह्यो नेप्से ?

-



     सफल आवाज    
     माघ १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ माघ । आज सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक २.२३ अंकले घटेको छ । अघिल्लो कारोबार दिन आइतबार अर्थात हिजो यो परिसूचक १४.६८ अंक घटेर २१६८.५३ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा पनि घट्ने क्रमलाई निरन्तरता दिँदै २.२३ अंक घटेर २१६६.३१ विन्दुमा झरेको छ । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्समा भने ०.१६ अंकको वृद्धि देखिएको छ ।

आज सोमबारको प्रि-ओपन सेसनमा २५ वटा स्टकको ७ लाख ४७ हजार १४५ रुपैयाँ ५० पैसा बराबरको १ हजार ५८४ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये १३ वटा स्टकको मूल्य बढेको छ भने १० वटा स्टकको मूल्य घटेको छ । बाँकी २ वटा स्टकको मूल्य स्थिर रहेको पाइएको छ ।