धिताे लिलामीकाे धम्की दिदैं आतंक नमच्चाउन व्यवसायीहरूले गरे बैंकलाई आग्रह

-



     सफल आवाज    
     माघ १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ माघ । उद्योगी व्यवसायीहरूले बैंकहरुले गरेकाे कर्जा ताकेता र उच्च ब्याजदरकाे कारण उत्पन्न समस्यालाई समाधान गर्न सरकारसंग माग गरका छन् । उनीहरुले उद्योग व्यवसायका क्षेत्रमा परेकाे समस्या हल गर्न र लगानीकाे वातावरण बनाउन माग गर्दै लिलामी निकालि दिने धम्कि र आंतक नमच्चाउन आग्रह गरे ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको तारन्तारकाे ताकेता तथा चर्काे ब्याजदरबिरुद्ध आज आयाेजना गरेकाे सडक आन्दोलनका क्रममा उनीहरुले उच्च ब्याजदर र आम्दानीमा भएकाे घट्दाे अवश्थाकाे कारण समस्यामा परिरहेकाे भन्दै लगानीमैत्री वातावरण बनाउन माग गरे ।

हामीलाई सडकमा आउन परेकाे रहर लागेर हाे ? उनीहरुले भने, सहन नसकेपछि यहाँसम्म आउनु परेकाे छ । तत्काल सरकारले बैंकको ब्याजदरलाई एकल अंकमा झार्न माग गरे । अहिले साना, मझौला वा ठूला उद्याेगहरुमा सहित सबै क्षेत्रमा बैंकहरुले आंतकले मच्चाएका छन् । यसैकाे कारण व्यवसायीहरु नराम्राे किसिमले पीडित भएका र आत्मदाह गर्न बाध्य बनाएको उनीहरुले बताए ।

सडक आन्दोलनमा सरिक भएका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले असहज रुपमा अहिले चुलिएकाे पीडादायी अवस्थालाई मध्यनजर गरेर सरल र सहज किसिमकाे अवतरणकाे उपाए निकाल्नु पर्नेमा उनीहरुले जाेड दिए ।

श्रेष्ठले भने, बैंकबाट व्यवसायीहरुले तिर्ने आधारहरु देखाएर कर्जा लिएका हुन् । परिस्थिति जटिल भइरहेकाे बेलामा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा दिन्न भन्नु अराजकता भनेर गरेकाे टिप्पणी गलत भएको जिकिर गरे । उनले १८ लाख ऋणीले सबै कागज बुझाएर कर्जा लिएको बताएका छन् । अहिलेकाे अवस्था गम्भिर भएकाेले बैंकहरु समस्याका बारेमा थप जिम्मेवार हुनुपर्ने बताए । उनले ऋणिहरुलाई सहज वातावरण बनाउन राष्ट्र बैंक र सरकारले घर जग्गा लिलाम नगर्न निर्देशन दिनुपर्ने माग राखे ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बैंकले व्यवसायीबाट चर्को ब्याज असुल गरेर नाफा कमाएकाे दावि गरे । व्यवसायीहरुको सम्पती लिलामका बारेमा पत्रपत्रिकाहरुमा दैनिक सूचना प्रकाशित हुन थालेको बताउदै उनले चर्को ब्याजदर र बैंक आतंकको बिरुद्ध आन्दोलनमा हाेमिएकाे बताए ।

यातायात क्षेत्रले मुलुकको अर्थतन्त्र चलायमान बनाउछ । सिटौलाले भने, निजी क्षेत्रलाइ सरकारले साझेदारको रुपमा व्यवहार गर्नुपर्छ, समस्याको सहजिकरणबाट सरकारबा प ले गर्नुपर्ने बताए । उनले यातायात व्यवसायीहरुलाई बैंकले फोन अफ गरेर बस्नुपर्ने अवस्था सृजना गरेकाे बताए । सिटौलाले भने, काेहि पन्छिन पाइदैन । साे अवसरमा उनले सबै निजी क्षेत्र गठबन्धनमा सामेल हुनुपर्ने बताए ।

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले ७० प्रतिशत राज्य सञ्चालनकाे लागि चाहिने खर्चकाे स्राेत निजी क्षेत्र नै भएकाे बताए । घिमिरेले सबैभन्दा बढी साना तथा मझौला व्यवसायीहरु पीडित भएकाे बताउदै यसकाे समाधान नगरे स्थित झन् गम्भिर हुने चेतावनी दिए । साे अवसरमा व्यवसायीले भने, कर्जाको ब्याज नतिरेको भन्दै लिलामी निकालि दिने धम्कि दिने गरेका छन् याे निकं खेदजनक रहेकाे छ ।