सुनको भाउ घट्यो, चाँदीको यथावत्, कतिमा हुँदैछ कारोबार?

-



     सफल आवाज    
     माघ १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ माघ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । यसैगरी चाँदीको भाउ भने यथावत् रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ५ सय रुपैयाँले घटेर तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि ५ सय रुपैयाँले घटेर आज तोलाको १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत सोमबार तेजाबी सुन तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ आज मंगलबार यथावत् रहेर सोमबारकै भाउमा कारोबार भइरहेको छ । सोमबार पनि चाँदी तोलाको १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । आज मंगलबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ नै रहेको छ ।