नेप्से: प्रि-ओपन सेसनमा करिब ३ अंकको वृद्धि

-



     सफल आवाज    
     माघ १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ माघ । आज मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले वृद्धि भएको छ। अघिल्लो कारोबार दिन अर्थात हिजो सोमबार यो परिसूचक ४१.१६ अंक घटेर २१२७.३७ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा नेप्से २.९१ अंक बढेर २१३०.२९ विन्दुमा पुगेको छ । यसैगरी सेन्सेटिभ इण्डेक्स पनि ०.९२ अंकले बढेको छ।

आज मंगलबारको प्रि-ओपन सेसनमा १३ वटा स्टकको ६ लाख १० हजार १४६ रुपैयाँ ६० पैसा बराबरको १ हजार १०३ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ८ वटा स्टकको मूल्य बढेको छ भने ४ वटा स्टकको मूल्य घटेको छ । बाँकी एउटा स्टकको मूल्य स्थिर रहेको पाइएको छ ।