
काठमाडौं, १७ माघ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि सेयर बजार ओरालो लागेको छ । सोमबार ४१.०१ अंकले घटेको सेयर बजारमा यसदिन १५.७० अंकको गिरावट भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि कमि देखिएको छ । एउटा उपसमूह बाहेक सबैमा रातो लागेको छ । एक मात्र हाइड्रोपावर उपसमूहमा हरियो लागेको छ ।
नेपाल स्टक इक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.७० अंकले घटेर २१११.६८ विन्दुमा झरेको छ । नेप्सेमा ०.७४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.३६ अंकले घटेर ४००.६२ विन्दुमा रहेको छ ।
कुल २५९ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ७५ लाख ५३ हजार २३५ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ८२ कुरोड ४५ लाख ४० हजार ४०६ रुपैयाँ ६१ पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा बढी रिडी पावर कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको १९ करोड २० लाख ५४ हजार ५८७ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै आदर्श लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै प्राईम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ५.२१ प्रतिशतले घटेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




