शुभम पावरकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     माघ १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ माघ । शुभम पावरले आजदेखि सेयर (आईपीओ) बिक्रीमा ल्याएकाे छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर निष्काशन गरिसकेकाे छ। यस पटक भने सर्वसाधारणका लागि सेयर निष्काशन गरेको हो।

प्रतिशेयर रु १०० अंकित दरमा ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन भएको हो। आयोजना प्रभावित क्षेत्रका जनताले आवेदन दिन बाँकी रहेकाे सेयरमा थप गरेर सर्वसाधारणका लागि सेयर निष्काशन गरिएकाे हाे ।

५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका रहेकाे छ । २९ हजार ३० कित्ता सामूहिक लगानी कोषका लागि र ११ हजार ६१० कित्ता कर्मचारीहरुलाई छुट्याइएको छ।

इच्छुक लगानीकर्ताले सेयरमा माघ २२ गतेसम्म आवेदन दिन पाउनेछन्। ताेकिएकाे मितिसम्म पूरा आवेदन नपरेकाे खण्डमा फागुन ३ गतेसम्म आवेदन दिन सकिनेछ । यसका लागि घटीमा १० तथा बढीमा ५ हजार कित्ता माग गर्न सकिनेछ ।

केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग दिएकाे छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत हाे ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।