सुन र चाँदी दुवैको भाउ बढ्यो, कति पुग्यो तोलाको?

-



     सफल आवाज    
     माघ १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ माघ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन आज बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि ५ सय रुपैयाँले बढेर आज तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत मंगलबार तेजाबी सुन तोलाको १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ आज बुधबार ५ रुपैयाँले बढेको छ । गत आइतबारदेखि नै १ हजार ३ सय ६५ रुपैयाँमा यथावत् रहँदै आएको चाँदीको भाउ आज ५ रुपैयाँ बढेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार चाँदी तोलाको १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।