प्रि-ओपन सेसन: यस्तो छ नेप्सेको अवस्था

-



     सफल आवाज    
     माघ १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ माघ । आज बुधबारको प्रि-ओपन सेसनमा पनि नेप्से परिसूचक केही घटेको छ मंगलबारको प्रि-ओपन सेसनमा पनि नेप्से ओरालो लागेको थियो । अघिल्लो कारोबार दिन अर्थात गत मंगलबार यो परिसूचक १५.७० अंक घटेर २१११.६८ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा पनि ०.२५ अंक घटेर नेप्से परिसूचक २१११.४३ विन्दुमा झरेको छ ।

आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.८२ अंकले घटेको छ । आज बुधबारको प्रि-ओपन सेसनमा १६ वटा स्टकको १९ लाख ९८ हजार ५२१ रुपैयाँ ५ पैसा बराबरको ४ हजार ७०६ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये १० वटा स्टकको मूल्य बढेको छ भने ४ वटा स्टकको मूल्य घटेको छ । बाँकी एउटा स्टकको मूल्य स्थिर रहेको पाइएको छ ।