लाभांश पारित गर्न निर्धन उत्थान लघुवित्तले डाक्याे साधारण सभा

-



     सफल आवाज    
     माघ १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ माघ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्न साधारण सभा डाकेकाे छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्नकाेलागि २४औं साधारण सभा फागुण १२ गते डाकेकाे हाे । सभा पूर्वान्ह १० बजे, लघुवित्तको केन्द्रिय कार्यालय नक्सालमा डाकिएकाे छ ।

लघुवित्तकाे साधारण सभाबाट गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको १९ प्रतिशतले हुने ४१ करोड ७० लाख ५४ हजार रुपैयाँ बराबरको बोनस सेयर पारित हुनेछ। साथै कर प्रयोजर्नाथ १ प्रतिशतले हुने २ करोड १९ लाख ५० हजार रुपैयाँ नगद लाभांश तथा अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित हुनेछ।

यस्तै साधारण सभाले संस्थापक सेयरधनीहरु २ जना, सर्वसाधारण सेयरधनीहरुबाट २ जनासहित ४ जना सञ्चालक चयन गर्ने भएकाे छ।

संस्थाले साधारण सभा तथा लाभांश प्रयोजनको लागि फागुण २ देखि १२ गतेसम्म बुक क्लोज गर्ने भएकाे छ। यसका लागि सेयरधनीहरु फागुण १ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरुले साधारण सभामा भाग लिन पाउने र उनीहरु नै लाभांश प्राप्तिका लागि याेग्य मानिनेछन् ।