एकैदिन १२ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

-



     सफल आवाज    
     माघ १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ माघ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा एकैदिन आज रुपैयाँ १२ सयले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ २५ ले बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ १२ सयले बढेर तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि यसदिन रुपैयाँ १२ सयले बढेर तोलाको १ लाख ७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २५ ले बढेर तोलाको १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।