प्रि-ओपन सेसनमा १.९० अंकले बढ्यो नेप्से

-



     सफल आवाज    
     माघ १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ माघ । आज बिहीबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक उकालो लागेको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो बुधबार नेप्से ४.९७ अंक बढेर २११६.६५ विन्दुमा पुगेर बन्द भएको थियो । आजको यो सेसनमा पनि यो परिसूचक १.९० अंकले बढेर २११८.५५ विन्दुमा पुगेको छ । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.२५ अंक बढेर ४०२.१७ विन्दुमा पुगेको छ ।

कारोबारका हिसाबले आजको प्रि-ओपन सेसनमा १३ वटा स्टकको ३ लाख २४ हजार ९१९ रुपैयाँ बराबरको ४२९ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ८ वटा स्टकको मूल्य बढेको छ भने ४ वटा स्टकको मूल्य घटेको छ । बाँकी एउटा स्टकको मूल्य रहेको छ।