
काठमाडौं, १९ माघ । नयाँ सरकार बनेसंगै उकालो लाग्ने थालेको सेयर बजारमा पछिल्ला दिनहरुमा त्यसले एकरुपता पाउन सकेको छैन । सरकार बनेपनि सरकारले पूर्णता पाउन सकेको छैन ।
सरकारमा जानमै आन्तरिक व्यवस्थापनमा कुरा मिलिसकेको छैन । यही बीचमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अदालतको आदेशबाट सरकारबाट बाहिरीएपछि नयाँ गृहमन्त्री तथा दलहरुमा मन्त्रीहरुको भागबण्डा मिल्न सकिरहेको छैन ।
सरकारका बारेमा अनेककन अडकलबाजिहरु भईरहँदा सेयर बजार र सरकारको अस्पष्ट गतिको कारण पुनः सकारात्मक बन्न सकिरहेको छैन ।
साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । सबै उपसमूहहरु राताम्मै भएका छन् । सबैको सेयर घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २२.१२ अंकले घटेको छ । यसरी घटेको नेप्से २०९४.५४ विन्दुमा झरेको छ ।नेप्सेमा १.०४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.७४ अंकले घटेर ३९८.४२ विन्दुमा रहेको छ ।
यसदिन १३ उपसमूहरु सबैमा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ । यसदिन कुल २५७ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ५८ लाख ९८ हजार ९०३ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ९६ करोड ४ लाख १९ हजार १६१ रुपैयाँ ८८ पैसा बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै स्टान्डर्ड चार्टर बैंक लिमिटेडको १० करोड १३ लाख ९१ हजार २५२ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै आदर्श लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ५.८० प्रतिशतले घटेको हो ।









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




